Logo
Logo

‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजनाअन्तर्गतको लक्की ड्र सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । युनाइटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘युनाइटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम काठमाडौँ त्रिपुरेश्वरको डिईसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको छ ।

गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागू गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई ९दश जना० दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो । यस अनुसार कुपन नं। १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं। २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् ।

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ । कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि युनाइटेड सिमेन्टस्ले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्