Logo
Logo

बागमती: देवी ढकाल मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छन्।

आज(मंगलबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा ढकाल नियुक्त भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

भक्तपुर नगरपालिका १० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुबिधा रहनेगरी मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लहकारमा नियुक्त गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्