Logo
Logo

तुलसी र रिताको ‘बसौन तिमी र म’ सार्वजनिक



काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसँगै गायिका रिता केसीले स्वर दिएका छन् ।

रवि मल्लको शब्द र संगीत रहेको यस गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका हुन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।
यस गीतको भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमिल जोडीका रुपमा प्रस्तुत भएका छन् ।

भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी केशवराज भट्टको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्