Logo
Logo

सपनले उतारे मल्लिकालाई हट अवतारमा (भिडियोसहित)



काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द, संगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

पछिलो समयका ब्यस्त मोडल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाई सपन श्रेष्ठ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अहिले युवा पुस्तामा वितृष्णा एवं नैराश्यता बढिरहेको यस्तो बेलामा गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने काम गरिनुपर्छ भनेर सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको गीत ल्याएको गायक श्रेष्ठले जानकारी दिए ।

बेरोजगारीलगायत समस्याले गाँजेको नेपाली युवापुस्ता विभिन्न खाले वितृष्णाको सिकार बनिरहेको र मुलुकमा त्यस्तै खाले घटनाक्रम भइरहँदा यो गीतले मरिलानु के छ र ? रमाइलोसाथ माया, प्रेम र सद्भावले जीवन जीऔँ भन्ने भाव बोकेको गीतको शब्द, संगीत तथा फिमेल गायन गरेकी लक्ष्मीले बताइन् ।

गीतमा रहेको र्याप पार्टको फिचरिंङ प्रिन्सराजले गरेका छन् । नयाँ पुस्तालाई लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन पनि गायक सपन श्रेष्ठले नै गरेका हुन् । प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्