Logo
Logo

विराटनगर पुगेर ओलीले भने- सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउँछ



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला ओलीले बाहिर हल्ला चलेजस्तो सरकार संकटमा नरहेको बताएका हुन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै ओलीले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ उनले आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेको बताउँदै भने, ‘प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचल्नुको कारण पनि यही हो ।’

यस्तै, अर्को प्रशंगमा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने दावी गरे । यसअघि सत्ता गठबन्धनमा भएको सहमतिअनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र आफूबीच यस विषयमा सहमति रहेको समेत उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय सोही पार्टीको जिम्मामा रहने उनले बताए । उनले रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्