Logo
Logo

झापामा ट्रकमाथि ट्रक ठोक्किँदा चालक र सहचालकको मृत्यु



दमक । झापाको शिवसताक्षीमा दुईवटा एकापसमा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शुक्रबार बिहान ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले जनाएअनुसार ना. ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालकको मृत्यु भएको हो । उनको नाम खुलेको छैन । यस्तै, पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना. ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना. ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्