Logo
Logo

भ्वाईस अफ नेपाल-४ बिजेता करणको ‘चङ्गा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् ।

करणले आफ्नै युट्युव च्यानल करण राई मार्फत ‘चङ्गा’ सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा लोकप्रिय अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ ।

करण भ्वाईस अफ नेपाल सिजन ४ मा जान अगाडि सार्वजनिक गरिएको ‘द काईट्स’ एल्बममा समावेश गीत ‘चङ्गा’ गीतको शब्द निर्देशक, कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको छ । देबेश राईको संगीत रहेको यस गीतमा मिक्सिङ, मास्टरिङपनि देबेशकै रहेको छ ।

गीतको शब्दको भावअनुसार बनेको म्युजिक भिडियोलाई अनिल सुब्बाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता दयाहाङसँगै अशिम सुब्बा, संगीता थापालगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्