Logo
Logo

माओवादीविनै मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सरकार गठन भएको झण्डै एक महिनापछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । एमालेले ४, जनता समाजवादी पार्टी (जसपा)ले ३, जनमतले २ मन्त्रालय पाएको छ ।

तर मन्त्रालय भागवण्डाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । मुख्यन्त्री यादवले माओवादीलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय लिन प्रस्ताव गरे । तर माओवादी २ मन्त्रालय पाउनुपर्ने अडान राख्दै सरकारमा सहभागी भएन । मुख्यमन्त्री यादवले पनि माओवादीलाई छाडेर मन्त्रिपरिषद् विस्तार गरे ।

एमालेबाट सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

यसअघि नै मन्त्री भएका एमाले संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधारमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्