Logo
Logo

एफएलएफ अवार्ड-२०७९ : मनोनयनमा परेका कलाकारलाई प्रमाणपत्र वितरण



काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मद्वारा आयोजना हुँदै आएको लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड–२०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

अवार्डमा फिल्मबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टिकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बु, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ, संगितकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, सैलेन्द्र नाल्बो, कथामा सागर केरुङ, टिका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बु, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

त्यसैगरि म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बु, केन्जल योङहाङ, रुबिना लिम्बु अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डिआर हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बु, रुक्सना लिम्बु, गीत तथा संगितमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ छन् ।

उपसभामुख इन्दिरा राना मगरको प्रमुख आत्थियमा भएको कार्यक्रममा गायक तथा संगीतकार संगम लिम्बु र निर्माता तथा गीतकार शैलेन्द्रकुमार नाल्बोलाई सम्मान गरिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्मस्का अध्यक्ष तथा निर्देशक दिनेश लिङदेनको सभापतित्वमा सम्पत्र उक्त मनोनयन पत्र वितरण कार्यक्रमलाई चलचित्र पत्रकार संघको उपाध्यक्ष दीपज्योती थापाले सहजीकरण गरेकी थिइन् ।

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बु भाषाविद याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी मण्डलमा छन् ।

प्रतिक्रिया दिनुहोस्