Logo
Logo

माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने


693
Shares

जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने भएको छ ।

दुई मन्त्रालय लिने अडानमा रहेको माओवादी केन्द्रलाई एक मन्त्रालय मात्रै दिने मुख्यमन्त्रीको अडानका कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले पहल गरेपछि एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमति भएको हो ।

माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीलाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलका नेता भरत साह समेत मन्त्री बन्ने लबिङ गर्दै आइरहेका थिए ।

गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्