Logo
Logo

कुमारी बैंकका सात शाखा एकैसाथ सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । काठमाडांैस्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप जबराणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्तरूपमा गरे ।

यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेशप्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका–९ का वडाअध्यक्ष गंगाराम महर्जनले गरेका छन् । त्यसैगरी काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे ।

बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ । उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउ‘बाट भएतापनि मोबाइल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको हो । उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो ।

जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९३ एटिएम्,, ८ शाखारहित बैंकिङ एकाइ तथा ३ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्