सनिशा भइन् यस वर्षकी ‘मिस लिटिल नेवा’ « Drishti News – Nepalese News Portal
Logo

सनिशा भइन् यस वर्षकी ‘मिस लिटिल नेवा’


appharu


काठमाडौं, २९ पुस । यस वर्षको ‘मिस लिटिल नेवाः ११३९’ उपाधि सनिशा लगेजुले जितेकी छन् । नेप्लीज फेसन होमद्वारा शनिबार राजधानीमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा लगेजुले उपाधिसहित नगद राशी तथा विभिन्न उपहारहरु पाइन् ।
२४ जना बालिकाले सहभागिता जनाएको उक्त प्रतियोगितामा लुस्वा“ मानन्धरले फस्ट रनर्स अपका साथमा मिस सोसल एम्बेसडर प्रमुख, सेलिना प्रजापतिले सेकेण्ड रनर्सअप तथा अन्वेषा कर्माचार्यले थर्ड रनर्स अपको उपाधि जित्न सफल भए । प्रतियोगितामा पलिस्ता नापितले फोर्थ रनर्स अपको उपाधिमा चित्त बुझाइन् । पस्तिाले मिस फ्रेण्डशीपको टाइटल एवार्ड पनि जितिन् ।
नेवारी भाषा, कला तथा संस्कृतिलाई जगेर्णा गर्ने तथा अहिलेको पुस्तालाई जानकारी गराउने उदेश्यले आयोजित उक्त प्रतियोगितामा बियंका खड्का ताम्राकारले मिस ट्यालेन्ट, युशिका अमात्यले मिस पर्सनालिटी, रेवती महर्जनले मिस कल्चर, जेनिशा बज्रँचार्य र दृष्टि श्रेष्ठले बेस्ट हेयर, हिमानी प्रधानले मिस इनोसेन्ट, सफलता श्रेष्ठले बेस्ट नेपाल भाषा, उन्नती प्रधानले मिस फ्रेण्डशीप, कृपा स्वङ्निखा र बिनिभा सुवालले मिस फोटोजेनिक, लुस्वा“ मानन्धरले मिस सोसल एम्बेसडर प्रमुख, अन्वेषा कर्माचार्यले मिस सोसल एम्बेसडर प्रमुख, रिया श्रेष्ठले मिस चार्मिङ, रेहा रञ्जितले मिस डिसिप्लिन, अदिति विरबलले बेस्ट स्माइल तथा अनुष्का श्रेष्ठले मिस क्यूट तथा बेस्ट स्किनको उपाधि जित्न सफल भए ।


गोपालमान श्रेष्ठका प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा उद्योगी प्रदिपमान प्रधान, मिस नेवाः एञ्जल श्रेष्ठ, करा“ते खेल विज्ञ सिहान अशोककुमार श्रेष्ठ, नमूना फेसन कलेजका जिबेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायकको रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्