Logo
Logo

लुम्बिनीमा राष्ट्रियसभा सदस्य चुन्न मतदान जारी



बुटवल । लुम्बिनी प्रदेशमा रिक्त एकजना राष्ट्रियसभा सदस्यका लागि अहिले मतदान जारी छ । बुधबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित कर्मचारी मिलन केन्द्रको प्रांगणमा बिहान १० बजेपछि मतदान सुरू भएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदान सहज बनाउन दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था गरिएको छ । मतदान दिउँसो ३ बजेसम्म समय कायम रहने छ ।

राष्ट्रिसभा सदस्य चुन्न प्रदेशका कुल ३०५ मतदाताले मतदान गर्ने छन् । लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य र २१८ जना स्थानीय पालिका प्रमुख तथा उपप्रमुख रहेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्य प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्