Logo
Logo

सिंगापुरमा नेपालको प्रतिनिधित्व गर्दै अदिती



काठमाडौं, २९ पुस । आगामी १२ फेब्रुअरीदेखि १७ सम्म सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् ।
प्रतियोगीताको लागि नेपालको आधिकारिक संस्था इप्लानेट नेपालले शुक्रबार शंकर होटल लाजिम्पाटमा एक कार्यक्रममा बिच ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहि¥याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधिकारीक बाटो खुल्ला गरेको हो ।
कार्यक्रममा ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल–२०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगीता ‘मिसेस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
प्रतियोगीतामा ४० बढी देश सहभागीको सहभागीता रहने छ । युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना ई–प्लानेटद्धारा सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलले विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम समेत गर्ने छन् ।
२० वर्षकी अदिती श्रेष्ठ सामाजिक बिषयमा स्नातक तहमा अध्यायनरत छिन् । दुर्गा विसुरालले भने सोसीयोलोजीमा मास्टर गरेकी छन् । उनी विभिन्न व्यवसायमा समेत आबद्घ छिन् । दुवै प्रतियोगी सिंगापुर व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुति लगायत बिभिन्न बिषयमा प्रशिक्षण सहित उड्नेछन् । उनीहरुको प्रतिभा निखार्ने काम कोरियोग्राफर अनिला श्रेष्ठले गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्