Logo
Logo

गायिका मिलन नेवारको ‘आँखा झिमीझिमी’ (भिडियो)



काठमाडौं । गायक बिदन कालीकोटेको आँखा ‘झिमीझिमी’ बोलको गीत सार्वजनिक भएको छ । गायिका मिलन नेवार र गायक कालीकोटेको स्वर रहेको गीतमा युवामाझ लोकप्रिय गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द संगीत रहेको छ ।

जानेर वा नजानेर वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोमा कमल सिंह र बिना राउत गज्जबसँग खुलेका छन् ।

सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । गायक कालिकोटेका यसअघि धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि , झरी जाने फूललाई, लगायतका गीतहरु चर्चित छन् ।

गायक कालिकोटेको अचार मिठो साँधेको बोलको पूर्वेली भाकाको गीतको भिडियो छायांकन हुने तयारीमा रहेको छ । जसमा गायिका सुनिता थेग्मे र गायक कालिकोटेको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियो गायक बिदन कालीकोटे स्यवमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्