Logo
Logo

सुदूरपश्चिम प्रदेशसभा बैठक जारी, मुख्यमन्त्रीले विश्वासको मत माग्दै


1k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक शुरु भएको छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् ।

बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।

सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद संकटमा परेको छ ।

संविधानको धारा १६८ (२) बमोजिम नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता रावलले उपधारा ४ बमोजिम बिहीबार साँझ ५ बजेभित्र विश्वासको मत पाइसक्नु पर्छ, अन्यथा उनी संविधानबमोजिम नै स्वतः पदमुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्