Logo
Logo

चिनियाँ राजदूत सोङ र प्रधान सेनापति शर्माबीच भेटवार्ता


126
Shares

काठामडौं । नेपालस्थित चिनियाँ राजदूत चेन सोङले बिहीबार प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेका छन् । राजदूत सोङले भद्रकालीस्थित जङ्गी अड्‍डा पुगेर प्रधान सेनापति शर्मासँग छलफल गरेका हुन् ।

उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसस्तो भेटघाटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्