Logo
Logo

‘भ्यालेन्टाइन-डे’ लक्षित देबेशको ‘नौलो खुसी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा प्रेमिल गीतहरु सार्वजनिक हुनेक्रम बढ्दो छ । यसैबीच गायक, संगीतकार तथा एरेञ्जर देबेश राईको ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक भएको छ ।

कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देबेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ । यो गीत देबेश शसिका युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यस भिडियोलाई गायिका शसिकाले नै निर्देशन गरेकी हुन् । गीतकार प्रकाशको प्रेमिल शब्द अनुसारको भिडियो बनेको छ । यस म्युजिक भिडियोमा देबेश र आयशा कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोमा शसिकाले देबेश र आयशाको जोडीलाई जमाउन सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्