Logo
Logo

सज्जा चौलागाईकाे ‘तिमीसँग’ सार्वजनिक



काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’की विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ ।

प्रशंसा रायमाझी निर्देशित भिडियोमा सज्जाको सोलो अभिनय छ । भिडियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप र सुजनी ठकुरीको डिजाइन रहेको छ । भिडियो गायिका सज्जाकै अफिसियल युट्युब च्यानल सज्जा चौलागाईंबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्