Logo
Logo

एकीकृत समाजवादी कसैसँग एकता गरिहाल्ने पक्षमा छैन : झलनाथ खनाल


756
Shares

सुनसरी । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान स्थितिमा आफ्नो पार्टी कसैसँग एकता गरिहाल्ने पक्षमा नरहेको बताएका छन् ।

शनिबार इटहरीमा प्रदेश कमिटी अन्तर्गत गठित मोर्चा संगठनद्वारा आयोजित एकदिने प्रशिक्षण तथा प्रदेश १४ वटै जिल्लाका पार्टी इन्चार्ज तथा अध्यक्ष, मोर्चा संगठनमा आबद्ध सबै तहका इन्चार्जहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

फाइल फोटो

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले देशको वर्तमान राजनीतिक स्थिति र अन्तराष्ट्रिय परिस्थितिबारे उल्लेख गर्दै वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी नभएको बताए ।

दुईतिहाइको बाम सरकार हुँदा गर्न सक्ने थुप्रै काम बर्बाद पार्ने केपी शर्मा ओली नामका मान्छे भएको बताउँदै उनले एमाले पार्टी दक्षिणपन्थी अवसरवादको एजेन्ट भएको आरोप लगाए ।

कांग्रेस र माओवादी सत्ता लिप्सामा मरिहत्ते गर्ने सिद्धान्तभ्रष्ट भएको भन्दै नेता खनालले बिदेशीको इसारामा नाच्दै सत्ता सुबिधा पड्काउने दाउमा रहेकाले राजनीतिक गद्दारी गरेको बताए ।

स्थानीय र संघको चुनावमा गठबन्धन गर्दा नेकपा एकीकृत समाजवादीलाई कांगे्रस र माओवादीले धोका दिएको भन्दै उनले भने, ‘जति बेला जहाँ खान पाइन्छ, त्यही जाने र लुट मच्चाउने प्रवृति हावी हुनेहरुभन्दा नेकपा एस छुट्टै र सिद्धान्तनिस्ठ पार्टी हो ।’ समाजवादको यात्रामा आफ्नो पार्टी अडिग रहेको नेता खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्