Logo
Logo

भक्तपुरबाट एक लाख नगदसहित ८ जना जुवाडे पक्राउ



भक्तपुर । चाँगुनारायण नगरपालिका–७ खरिपाटी कमेरेटोलबाट जुवातास खेलिरहेको हवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछानेसहित ८ जनालाई शनिबार तास खेलिरहेको अवस्थामा नगद र ताससहित प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको भन्नु विशेष सूचानको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ७ हजार ३० रुपैयाँ र ३ बुक तास सहित फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्