Logo
Logo

सुर्खेत तनावग्रस्त, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत तनावग्रस्त बनेको छ । आइतबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको विषयमा प्रदर्शन हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरूले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडप हुँदा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ । 

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप भएपछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्