Logo
Logo

कर्णाली नदीमा र्याफटिङ र खप्तडलाई पर्यटन गन्तव्यमा समावेश


- वीरेन्द्र रावल


धनगढी । नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा धुमधामका साथ मनाउन लागि रहेको छ । नेपालको पर्यटन विकाबाट मात्र दिगो आर्थिक विकास र समृद्वितर्फ देशलाई अगाडि बढाउन सकिने अवधारका साथ नेपाल सरकारले भ्रमण बर्ष मनाउन लागिरहेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपालका १०० वटा पर्यटन गन्तव्यहरु सिफारिस गरिएकोमा तीं मध्ये २५ वटा गन्तव्य मात्र छनौट गरेको छ । जस अन्तरगत सुदूरपश्चिम विकास क्षेत्रको पर्यटकीय गन्तव्यहरुमा कर्णाली नदीमा र्याफटिङ र अछाम, बझाङ, डोटी र बजुरा जिल्लाको बिच सीमानामा रहेको मनोरम दृष्यले भरिपूर्ण खप्तड क्षेत्र छनौटमा परेको पर्यटन भ्रमण बर्ष २०२० को सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

भ्रमण बर्ष २०२० को सचिवालयले सुदूरपश्चिमका दुई वटा पर्यटकीय गन्तव्यहरुलाई छनोट गरेर पर्यटन तालिकामार्फत समेत सार्वजनिक गरिसकेको जनाइएको छ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको सोल्टादेखि कर्णाली चिसापानीको पुलसम्मको २३ किलोमिटर कर्णाली नदीमा २०७५ सालमा गरिएको र्याफटिङ ज्याम्बोरिको कार्यक्रम पश्चात नेपाल सरकार संसकृति तथा पर्यटन मन्त्रालयले कर्णाली नदीलाई र्याफटिङका लागि उपयुक्त गन्तव्यको रुपमा छनोट गरेको देखिन्छ ।

विगत लामो समयदेखि चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले पनि मोहन्याल गाउँपालिकाको वडानम्बर ६ सोल्टामा त्रिवेणी महोत्सव सञ्चालन गर्दै कर्णाली नदीमा रयाफ्टिङ सञ्चालन गरेर कर्णाली नदीलाई जलमार्गको सम्भावनाको रुपमा उजागर गर्दै आइरहेको थियो । त्यसका साथ साथै कैलाली जिल्ला भ्रमण बर्ष मूल समारोह समितिले २०७५ सालमा वृहद रुपले कैलाली भ्रमण सम्पन्न गर्दै कर्णाली नदीमा र्याफटिङको निकै ठूलो सम्भावना भएको कुरालाई र्याफटिङ ज्याम्बोरीमार्फत बलियो सन्देश दिइसकेको थियो।

मोहन्याल गाउँपालिकाको वडानम्बर ६ सोल्टादेखि कर्णाली चिसापानीसम्मको २३ किलोमिटरको दूरीमा रहेको कर्णाली पुल सम्म ८८ वटा र्याफटिङ देखि दक्षिण सुदुरपश्चिमको हकमा कर्णालीमा रयाफटिङहरु सञ्चालन गरेर हालसम्मकै रेकर्ड तोडेको कैलाली भ्रमण बर्ष २०७५ मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका प्रमूख सूर्य बहादुर थापाले बताउनुभयो ।

मोहन्याल गाउँपालिकाको सोल्टा देखि वृहद रुपले रयाप्mटिङ सञ्चालन गरेर नेपाल सरकार, नीति निर्माता देखि प्रदेश र केन्द्रिय सरकारलाई समेत दवाव सृजना गर्ने उद्देश्यका साथ कर्णाली नदीमा र्याफटिङ ज्याम्बोरि सम्पन्न गरिएको पनि समन्वय समितिका प्रमूख थापाले बताउनु भएको छ ।

कर्णाली नदीमा र्याफटिङ ज्याम्बोरि सम्पन्न भैसकेपछि संघ र प्रदेश सरकारको ध्यान त्यसतर्फ जसरस्ी जानु पर्दथ्यो सोचे अनुसार हुन नसकेको पनि प्रमूख थापाले बताउनु भयो । उहाँले भन्नु भयो— कर्णाली नदीमा गरिएको र्याफटिङ ज्याम्बोरिले कर्णाली नदी उपयुक्त र्याफटिङका लागि उपयुक्त गन्तव्य बन्न सफल भएको दावी गर्नुहु्न्छ ।

जिल्ला समन्वय समिति संग आर्थिक स्रोत नभएको अवस्थामा केहि स्थानीय तहको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो । विगत लामो समयदेखि कर्णाली नदी र त्यस वरपरका वस्तिहरुलाई व्यवस्थित पार्ने र सो क्षेत्रलाई र्याफटिङ गन्तव्यका रुपमा विकास गर्दै लैजाने भन्ने मुद्धालाई नेपाल सरकारले ढिलै भएपनि सम्बोधन गरेकोमा भ्रमण बर्ष २०२० को सुचिवालयलाई समेत प्रमुख थापाले धन्यवाद दिनु भएको छ । प्रदेश र संघीय सरकारको सहयोग नहुँदा नहुँदै पनि जनताको भित्रि चाहना र त्यसक्षेत्रको पर्यटनका सम्भावनालाई मध्यनजर गर्दै थालिएको अभियानको प्रतिफलनै कर्णाली नदीमा र्याफटिङलाई सरकारले समावेशह गरेको समेत प्रमूख थापाले बताउनु भयो ।

प्रमूख थापाले भन्नु भयो— यहाँ त राम्रो काम गर्नेको कुनैपनि लेखा जोखा नहुने,जसले सामदाम दण्डभेदको नीतिलाई अख्तियारी गर्छ त्यसैको हालिमुहाली हुने गरेकाले पनि कामको मूल्यांकन नहुने समस्या रहेको बताउनु भयो ।

कर्णाली नदी र्याफटिङ कोरिडोरको रुपमा विकास गर्नका लागि कैलाली भ्रमण बर्षले समेत कर्णाली चिसापानीमा र्याफटिङ कोरिडोर क्षेत्रको प्रवेशद्धार समेत निर्माण गरेको पनि प्रमूख थापाले बताउनु भयो । कर्णाली नदीमा नियमित र्याफटिङ सञ्चालनमा ल्याउन सकेको खण्डमा पर्यटन विकासको ढोका खुल्ने र सुदूरपश्चिमका खप्तड, रामारोशन, अपि हिमाल ,शुक्लाफाँटा लगायतका धार्मिक एवं साँस्कृतिक पर्यटन केन्द्रहरुमा मानिसहरुको व्यापक घुईचो लाग्न सक्ने सम्भावना रहेकाले पर्यटन गन्तव्यको व्यापक प्रचार प्रशारको खाँचो रहेको कैलाली जिल्ला समन्वय समितिका प्रमूख थापाले बताउनु भयो ।

नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको भ्रमण बर्ष २०२०को सचिवालयले टे«ेकिङ एशोसियसन अफ नेपाल ( टान) संग २५ वटा गन्तव्यलाई अगाडि बढाउने बारेमा समेत छलफल चलाई रहेको बताइएको छ । पर्यटन क्षेत्रको विकास र विस्तारकालागि नेपाल सरकारले निजी क्षेत्रलाईसमेत साथमा लिएर अगाडि बढ्न सकेको खण्डमा नेपालमा पर्यटन विकासको ढोका खुले सम्भावना रहेको कुरा बताउनु हुन्छ– पर्यटन व्यवसायी रमणचन्द्र श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्