Logo
Logo

घाँटी रेटी युवकको विभत्स हत्या


- दृष्टि न्युज/संवाददाता


सिन्धुपाल्चोक, १ कात्तिक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराति एक युवाको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाकै स्व काजी गोलेका छोरा विजय गोलेको बिहीबार सवा १० बजे शिर छेदन गरी हत्या गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

सोही गाउँपालिकाकै वर्ष २३ का मिलन स्याङ्बो र वर्ष २४ का बमबहादुर स्याङबोले हत्या गरी फरार भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । फरार रहेका दुई अभियुक्तको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शवलाई परीक्षणका लागि मेलम्ची ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । हिजो दिउँसो सामान्य विवाद भएको र त्यही विवादलाइ लिएर बेलुका मादक पदार्थ सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्