Logo
Logo

मधेश प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरोध


567
Shares

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ । बुधबार संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा कांग्रेसले बैठक अवरोध गरेको हो ।

फाइल फोटो

संसदीय दलमा अतिथिलाई मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए । प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ ।

सभामुख रामचन्द्र मण्डलले भने पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने कि नदिने भनेर प्रश्न गरेका थिए । कांग्रेसको अवरोधपछि केही समयका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000