Logo
Logo

विप्लव समूहका दुई जिल्ला सदस्य पक्राउ


- दृष्टि न्युज/संवाददाता


कावासोती, १ कात्तिक । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जनालाई पक्राउ गरेको छ । विप्लव समूहका कार्यकर्तालाई प्रहरीको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।

नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक (गुराँस) र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्