Logo
Logo

सोमर र विशालले जिते आइएमईको मासिक उपहार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कात्तिक । दसैँमा आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सेवाग्राहीद्वय सोमर तामाङ र विशाल नगरकोटी पहिलो महिनाको विजेता घोषित भएका छन् । सिस्टममा आधारित ‘लक्की ड्र«’मार्फत तामाङ र नगरकोटी विजेता बनेका हुन् । सेवाग्राहीद्वयले क्रमशः मलेसिया र जापानबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफरअन्तर्गत सेवाग्राही दुवैले आफूले पठाएको रकमको चार गुणा बढी रकम प्राप्त गरेका छन् ।

त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालमार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राही कृष्ण मुखिया, महेश आलेमगर, विजय नेपाली, लक्ष्मी गुरुङ, रामबहादुर काफ्ले, भुवन अधिकारी, जितबहादुर सार्की, चूडामणि काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबलप्रसाद चापागाईं र राजेश शाह ‘लक्की ड्र«’मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् । विजेता सबैले आफूले पठाएको रकमको दुई गुणा बढी रकम प्राप्त गरे ।

आइएमईले सञ्चालन गरेको दसैँमा डबलको डबलको डबल अफरअन्तर्गत आइएमई पेमार्फत पैसा पठाउने सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा)सम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ १५ भदौदेखि सञ्चालित योजना कात्तिक मसान्तसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्