Logo
Logo

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रीबीच सहकार्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । कुमारी बैंक र ग्यास आयातकर्ता एवं विक्रेता कम्पनी नेपाल ग्यास इन्डस्ट्रिज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधासम्बन्धी सहकार्य भएको छ । सहकार्यसँगै नेपाल ग्यासका वितरकले कुमारी बैंकको क्युआर पेमेन्ट प्रणालीमार्फत आफ्नो बैंक खातामा सहज रूपमा रकम संकलन गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहकार्यपछि नेपाल ग्यासका आधिकारिक विक्रेताका लागि कुमारी बैंक आधिकारिक पेमेन्ट पार्टनर हुने बताइएको छ ।

साथै, सहकार्यपछि कुमारी बैंकका ग्राहकले प्रत्येक नेपाल ग्यास खरिदको भुक्तानीमा ५० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्यास सिलिन्डर खरिदबिक्रीको भुक्तानी कुमारी बैंकको क्युआर पेमेन्ट प्रणालीमार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागू हुने बताइएको छ । यसैगरी, कुमारी बैंकले नेपाल ग्यासका वितरकलाई क्युआर पेमेन्ट प्रणाली तथा बैंक खाता सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । क्यासब्याक सुविधा १ कात्तिकदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्