Logo
Logo

एनआइसी एसिया बैंक र वल्र्डलिंकबीच डिजिटल भुक्तानी सहकार्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कात्तिक । एनआइसी एसिया बैंक र वल्र्डलिंक कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकले ३० असोजदेखि १६ कात्तिकसम्म वल्र्डलिंकको इन्टरनेट बिल, मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र वल्र्डलिंकका प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । साथै, ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिंकका कुनै पनि आउटलेट तथा शाखाबाट इन्टरनेटको बिल सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्थासमेत गरेको कम्पनीले जनाएको छ ।

हाल बैंकले ३ सय १ शाखा कार्यालय, ३ सय ७५ एटिएम, ८४ एक्सटेन्सन काउन्टर एवं ४२ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्