Logo
Logo

बागमती प्रदेश : २० प्रतिशत खर्च कटौती गर्ने निर्णय



हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । आज शुक्रबार बिहान बसेको मन्त्रीपरिषद बैठकले २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

बैठकले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयक प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्