Logo
Logo

चलचित्र ‘नांगो गाउँ’मा कर्म र साम्राज्ञी


945
Shares

काठमाडौं । चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ । नांगो गाउँमा कर्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । 

हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको नांगो गाउँमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ । यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकार टुंगो लागिसकेको छ । 

नांगो गाउँलाई पूना फिल्म इन्स्टिच्युट’का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नेछन् । आरआर फिल्म्सले वितरण गर्ने चलचित्र फागुन अन्तिम साता फ्लोरमा जानेछ ।
 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000