Logo
Logo

स्केचमा भविष्य खोज्दै…!




इटहरी, २९ पुस । सानो छँदा पेन्सिलले विभिन्न चित्र कोर्दै आएका निरज कुइँकेल अहिले आएर यसैमा भविष्य खोज्दैछन् । उनी आफ्नो बालापनाको सिकाइलाई अहिले पेशाका रुपमा अँगाल्न खोजिरहेका छन् ।
उनले बनाएका स्केचहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि सबैबाट तारिफ पाए । त्यसपछि हौसिएका उनी अहिले आएर यसैलाई अघि बढाउने सोचमा पुगेको बताउँछन् ।
नेपालमा कला भए त्यसलाई प्रयोग गरेर बाँच्न सकिन्छ भन्ने उनको सोच छ । पछिल्लो समय स्केच आर्टिस्टको रुपमा चिनिन थालृेका उनले नायिका प्रियंका कार्की, गायिका इन्दिरा जोशी, नेपाल आइडल–२ का सेकेन्ड रनरअप सुमित पाठकलगायत थुप्रैका स्केच कोरेका छन् । स्केच गरेपछि उनले सम्बन्धीत कलाकारलाई पठाए । र, उनीहरुले तारिफ गरेको भएपनि इन्दिराको स्केच भने अझै पनि उनको हातमा पुयाउन नसकेको उनी बताउँछन् ।
स्केच बनाउन सुरु गरेदेखि उनको कलाको सम्मान गर्दै पैसा तिरेर आफ्नो स्केच बनाउन थुप्रै सम्पर्क आउने गरेको उनी बताउँछन् । नेपालमात्र नभएर देश बाहिर रहेका नेपालीले पनि आफ्नो स्केच बनाउनका लागि सम्पर्क गर्ने गरेको निरजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्