Logo
Logo

बस्नेतको अराजकता


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ५ कात्तिक । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडमा बैठकको अध्यक्षतामात्र गर्ने अधिकार भएका नन्दकिशोर बस्नेतले सर्वोच्च अदालतबाट मुद्दा जितेर सरकारले नियुक्त गरेका महाप्रबन्धक सुवास सिटौलालाई पदमुक्त भएको पत्र दिएका छन् । ऐन, कानुन विपरीत अध्यक्ष बस्नेतले महाप्रबन्धकलाई अवकाशको पत्र दिएका छन् । संस्थान निर्देशन बोर्डले प्रतिस्पर्धा गराएर सिफारिस गरिएका सिटौलालाई नियुक्ति नगरेपछि उनी सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्च अदालतले २०७४ असार २५ मा उनलाई नियुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सरकारले उनलाई २०७५ माघ २५ मा नियुक्ति गर्ने निर्णय गरेको थियो । तर चार बर्षका लागि नियुक्त भएका सिटौलालाई अधिकार नै नभएका अध्यक्ष बस्नेतले ९ महिनामै कार्यकाल समाप्त भएकाले पदमुक्त भएको पत्र दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्