Logo
Logo

कीर्तिपुरमा प्राइम कमर्सियलको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम कमर्सिल बैंकले शाखा सञ्जाल विस्तारको क्रममा आज कीर्तिपुर नगरपालिकामा शाखाको शुरु गरेको छ । यो शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थिए । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकका नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्