Logo
Logo

प्रदेशको नामाकरण गर्न विराटनगरमा निषेधाज्ञा


1.2k
Shares

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुंगो लगाउने तयारी गरेसँगै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशसभाले प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी गरेको छ । उक्त नाम राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानवादी पक्षधरले भने असमति जनाएका छन् । उनीहरुले आन्दोलन गर्ने सम्भावना रहेकाले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासनले प्रदेशसभा भवन अगाडि (देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय आसपास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर अहिले ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ । प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्