Logo
Logo

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ कात्तिक । काठमाडौँ महानगरपालिका १५ हलचोकस्थित सडकमा बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार बसले ठक्कर दिँदा गम्भीर घाइते नागार्जुन नगरपालिका–३ ठूलो भ¥याङकी ६७ वर्षीया सानुमाया श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पैदल हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित आदर्शनगर चोक डेरा गरी बस्ने एक व्यक्ति मृत फेला परेका छन् । बारा सिम्रौनगढ घर भएकी ३५ वर्षीया सन्तमाया शाह आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बैतडीको महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्