Logo

हराएकी बृद्ध मृत फेला


Published On : 24 October, 2019

भरतपुर, ७ कातिक । चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी बिहीबार आज बिहान भरतपुर २० शंकरचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानीयले वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्