Logo
Logo

चपलीमा प्राइम कमर्सियल बैंकको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । आफ्नो शाखा संजाल बिस्तारको क्रमममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले बूढानीलकण्ड नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बुढानीलकण्ड नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्तरुपमा समुदघाटन गरेका छन् ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकका नायब महाप्रवन्धक तथा प्रवक्ता भाइचारा तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्