Logo
Logo

निफकाे अनलाइन टिकट बुकिङ खुला



काठमाडौं । आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सोमबार आजबाट टिकट बुकिङ खुला भएको छ । ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने पनि निफका अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् ।

यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । क्यूएफएक्ससँगको संझौताअनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने भएका छन् ।

महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुनेछन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने भएको छ ।

कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तय भएको आयोजकले जनाएको छ । महोत्सवमा विगतमा झैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्