Logo
Logo

धर्मराज थापाको ‘हरियो भन्नु’ ७० बर्षपछि पुनः रेकर्ड गरी ल्याइयो (भिडियो)



काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शब्द, संगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ ।

गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गरेका छन् भने ताराश्रीस मगरको स्वर रहेको छ ।
जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनको सम्झनामा यो गीतलाई फेरि रेकर्ड गरिएको हो । उनको परिवारको सहमतिमा म्युजिक नेपालले यो गीतलाई पुनः रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ ।

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।

जनकवि केशरी धर्मराज थापाका परिवारको तर्फबाट उनका छोरा मदनराज थापाले ७० बर्ष अगाडी रेकर्ड गरिएको लोकप्रिय गीतलाई अहिलेका युवापुस्तालाई पुन ः परिचित गराउन र अग्रज स्रष्टाको सृजनाबारे के कस्तो धारणा छ भन्ने जान्नका लागि पनि ल्याइएको बताए । ‘हरियो भन्नु’ गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्