Logo
Logo

निशा अधिकारी भन्छिन्- म, श्रीमान शरद र छोरा युभान ठिक छौँ



काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकरसँग आफ्नो सम्बन्ध ठिकठाक रहेको बताएकी छन् । निशाले शरदविरुद्ध अंश मुद्दा हालेको समाचार सार्वजनिक भएपछि निशाले यस्तो प्रष्टीकरण दिएकी हुन् ।

निशाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै भनेकी छन्, ‘म न लुकाउने छु, न त धेरै व्याख्या गर्न जाँदैछु । यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र मायाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ ।’ अंग्रेजी भाषामा लेखिएको स्टाटससँगै उनले होली मनाएको आफ्नो एक तस्बिरसमेत पोस्ट गरेकी छन् ।

तर, निशाले अंश मुद्दा हाल्नुको कारणबारे भने खुलाएकी छैनन् । स्टाट्समा उनले समाज कस्तो हुनुपर्छ र कस्तो हुनुहुँदैन भन्नेबारे पनि आफ्ना केही टिप्पणीहरू दिएकी छन् ।

समाजमा आफ्नो अधिकारबारे सचेत रहने, हृदय अनि दिमाग प्रयोग गरेर आएका समस्याहरू समाधान गर्ने र जिन्दगीमा आउने जस्तोसुकै परिस्थितिमा पनि हाँसीहाँसी अघि बढ्न सक्ने व्यक्ति हुन जरुरी भएको निशाकोे भनाइ छ साथै, कोही व्यक्तिले हार खाएको हेर्न रुचाउने, आफ्नो गल्तीबिना माफी मगाउने र देखावटी माया गरेजस्तो गर्ने समाज सृजना हुन नहुने उनले बताउँदै उनले आफू, शरद र छोरा युभान ठिक भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्