Logo
Logo

दीपावलीलाई मनु र हस्तको ‘यङघङ ओ’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ कार्तिक । लिम्बू समुदायको सांस्कृतिक तथा मौलिक नाच पालम (धाननाच) ‘यङघङ ओ’ सार्वजनिक भएको छ । सार्वजनिक पालममा लिम्बू समुदायक विशेषगरी पालमकी चर्चित गायिका मनु नेम्बाङ र हस्त लिबाङको स्वर रहेको छ । विवाह समारोह तथा विभिन्न मेलापात र हाट बजारमा गाइने यो पालम नेपालीको दोस्रो महान पर्व दिपावलीको अवसरमा सार्वजनिक गरिएको हो ।


निर्देशक लोकेन साँवा लिम्बूद्वारा निर्देशित ‘यङघङ ओ’ बोलको यस पालमको भिडियोमा लिम्बू समुदायको बिबाहमा सोल्टा–सोल्टेनीहरु भेट भएपछि उनीहरु पालामबाट मनका भावना र बेदना पोख्छन् । यो लिम्बू समुदायका चल्दै आएको रित हो । तर, पछिल्लो समय समाज आधुनकितामा गाँजेसँगै गाउँघरमा समेत पालम (धाननाच) हराउँदै गएको छ । यसरी आधुनिकताको अतिक्रमणमा पर्दै गएको धाननाच (पालम)लाई जर्गेना गर्न कलाकारहरु लागि परेका छन् । ‘यङघङ ओ’ यसैको एक उदाहरण हो ।


यस पालममा मोडल बबिता नेयोहाङ लिम्बू र विशाल लिबाङका अलावा मौसमी कन्दङ्वा लिम्बू, धिरेन्द्र थेगिम, रिसक लिबाङ र याक्थुङ केःलाङ सयङ ललितपुरका कलाकारको अभिनय रहेको छ । उक्त भिडियोका लागि ड्रेस डिजाइन सेम्फुङमाज् बुटिक ललितपुर र पहिरन सिक्वेन्स फेसन हाउस गंगबूले गरेको हो । लिम्बू समुदायको विवाह समारोह झल्काउँन सेट लगाएको छायांकन गरिएको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्