Logo
Logo

प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व तिहार : प्रम ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ ।

तिहार अर्थात दीपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ । “तिहार प्रकृतिसँग मिलेको, पशुपंक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, “प्रकृतिका विभिन्न पक्षहरु बीचको सन्तुलन समेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।”

प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउनुभएको छ । “यो चाड उज्यालोको चाड यसलाई दीपावली पनि भनिन्छ । दीप अर्थात बत्तीहरु बालेर, उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न पूmलहरु सबैभन्दा धेरै प्रयोग हुने चाड हो । यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रुपमा समेत लिन सकिन्छ ।”

सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्