Logo
Logo

गायिका रितु कँडेल ‘राष्ट्रिय नारी सम्मान-२०७९’बाट सम्मानीत



काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘राष्ट्रिय नारी सम्मान’ प्रदान गरेको हो । सम्मानीत हुनेहरुमा चर्चित गायिका रितु कँडेललगायत रहेका छन् । उनीहरुलाई राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले सम्मान प्रदान गरेकी थिइन् ।

‘राष्ट्रिय नारी सम्मान–२०७९’बाट सम्मानीत भएपछि गायिका रितुले भनिन्, ‘राष्ट्रिय नारी सम्मानबाट सम्मानित हुन पाउँदा निकै खूसी महशुस भइरहेको छ ।’ उनले आफ्नो कलाको उच्च मूल्याँकन गर्दै सम्मान प्रदान गरेकामा आयोजक संस्था चन्द्रलोक प्रतिष्ठानलाई धन्यवाद प्रदान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्