Logo
Logo

सातौँ ‘नेपाल-अफ्रिका फिल्म फेस्टिबल’मा २५ चलचित्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ कातिक । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपाल र अफ्रिकाको संस्कृति आदन–प्रदान गर्ने उद्देश्यले केही वर्षयता ‘नेपाल–अफ्रिका चलचित्र महोत्सव’ आयोजना गर्दै आएको छ । यसैक्रममा कात्तिकको तेश्रो सातामा सातौँ संस्करणको ‘नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१९’ आयोजना हुने भएको छ ।
यसपटक महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सव अध्यक्ष एवं कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले बताएकी छन् । सांस्कृतिक संस्थान जमलको सहकार्यमा महोत्सब यसपटक १६ यही कात्तिकदेखि १८ सम्म काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यो महोत्सबका लागि नेपाल र अफ्रिकाबाट प्राप्त चलचित्रबाट चलचित्र चयन गरिसकिएको छ ।’
स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सव हो । आफ्रिकाका कतिपय विपन्न मुलुक र नेपालको अबस्था उस्तै रहेको, जीवनशैली र फिल्म निर्माणको अबस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु गरिएको अध्यक्ष मिश्रले बताइन् । अफ्रिकालाई उनीहरुकै लेन्सबाट उनीहरुको चलचित्रमार्फत हेर्ने नेपालीका लागि यो एउटा अबसर भएको उनको भनाइ छ ।
महोत्सब अध्यक्ष मिश्रका अनुसार यसपटक नेपाल र अफ्रिका गरेर महोत्सबका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवं कार्टुन फिल्म चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा सिनेमा रहेका छन् । अन्य १२ ओटा सिनेमा अफ्रिकाका विभिन्न देशबाट रहेका छन् ।
यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सबमा नेपालसहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।
चलचित्र महोत्स निर्देशकको रुपमा यसपटक चलचित्रकर्मी एवं सञ्चारकर्मी डब्बु क्षत्री रहेका छन् । निर्देशक क्षत्रीका अनुसार महोत्सबको तीन दिन चलचित्र प्रदर्शन गरिने छ । १६ गते उद्घाटनपछि १८ कात्तिकमा महोत्सब समापन हुनेछ । १९ कात्तिकमा नेपाल आफ्रिका चलचित्र कार्यशाला पनि राखिएको निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्