Logo
Logo

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा बजगाई


1.1k
Shares

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई निर्विरोध निर्वाचित भएका हुन् ।

दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण पदमा निर्विरोध भएको थियो । जस अन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेति, महासचिव संगीतकार दिपक शर्मा, सचिव गायिका सुजाता केसी, कोषाध्यक्ष गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा भद्र बहादुर वली, महेन्द्र चन्द ‘माइकल’, भुवन बहादुर नेपाली, पुस्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेति, सबिन सुबेदी, बेनिस पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन्।

खानेपानी मन्त्री अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई सहयो पु¥याउने बभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पत्रकार बिष्णुप्रसाद सुबेदीसहित सञ्चार माध्यमबाट सहयोग पु¥याएका पत्रकारहरु सानुकाजी श्रेष्ठ, कुबेर गिरी, रघुनाथ सापकोटा, बाबुराम सिग्देल, गीता अधिकारी, कृष्ण भुषाल, राज लुइँटेल लगायतलाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहयोग पु¥याएका अन्य श्रष्टा तथा प्रस्तोताहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक बरिष्ठ कला साधक तथा बरिष्ठ चिकित्सक डा. भोला रिजालले संस्थाको उद्देश्य मन परेर आफुले संरक्षकत्व प्रदान गरेको जनाए ।

कार्यक्रममा महासचिव दिपक शर्माले संस्था स्थापना देखि हालसम्म भएगरेका काम बारे जानकारी गराएका थिए । यस्तै अध्यक्ष बजगाईले संस्था स्थापनको उद्देश्य देखि आगामी कार्ययोजनाका बारे प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्