Logo
Logo

प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी



काठमाडौं । पहिचान पक्षधरका नेताहरुले प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतवानी दिएका छन् । प्रदेश १ को नाम कोशी राखिएको विरोध प्रदर्शनमा उत्रिएका नेताहरुले आइतबार यस्तो चेतावनी दिएका हुन् ।

आइतबार हड्ताल समापनको क्रममा धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कोशी नाम खारेज नभएसम्म आन्दोलन थप कडा र जारी रहने पनि चेतावी दिए ।

नेता खगेन्द्र माखिमले कोशी नाम ल्याएर पवित्र भुमिलाई अपवित्र बनाएको बताए । उनले संघीयता, पहिचानको उद्गम थलो नर्सरी १ नम्बर प्रदेश भएको तर अहिले नर्सरी नै उखेल्ने काम भएको बताए ।

यस्तै, घोषणा भएको कोशी कार्यान्वयन गर्ने थलो वडा कार्यालयहरु भएको भन्दै उनले वडाहरुमा तालाबन्दी लगाउने कार्यक्रम पनि तीब्ररुपमा अघि बढ्ने बताए ।

पहिचान पक्षधरका नेताहरुका अनुसार अब प्रदेशका सांसदहरुलाई प्रतिकार गर्ने, घरघरमा कालो झण्डा गाड्ने र दिउँसै सडकमा भेटे कालोमोसो दल्नेसम्मको कार्यक्रमहरु रहेको छ ।

कोशी लेखेको बोर्ड मेट्ने, च्यात्ने र जलाउने कार्यक्रम पनि रहेको उनले बताए । कोणसभालाई किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष युवराज राई, किरात याक्थुङ चुम्लुङका उपमहासचिव योगेन्द्र पालुङवालगायतले सम्बोधन गरेका थिए ।

यो पनि

प्रतिक्रिया दिनुहोस्