Logo
Logo

‘रसिली छु रे’ भन्दै नीताको यस्तो आइटम डान्स !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ कातिक । द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ‘गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ ।
फिल्ममा समावेश ‘कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ ।
पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायाँकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् । भिडियोमा नायिका नीता ढुंगानासहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् ।


उक्त गीतको छायाँकन सकिएसँगै फिल्मको पोखरा सेड्युल सकिएको छ । फिल्मको बाँकी छायाँकन काठमाडौँ र दुई गीतको छायांकन जोमसोम अथवा दुवईमा गरिने निर्देशक अष्ट महर्जनले बताएका छन् । फिल्मलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए ।

महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंह संगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एएच इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको फिल्ममा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्