Logo
Logo

सिभिल लघुवित्तको एघारौँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी)को एघारौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

एघारौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावसमेत पारित गरेको छ । सभाका अध्यक्ष रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाइदिनुभएकामा धन्यवाद ज्ञापन गरे ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयमार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्