Logo
Logo

एनआइसी एशिया बैंकद्वारा घातक रोग बीमावापत रु १० लाख बीमा रकम भुक्तानी



काठमाडौं । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमावापत रु १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा खाता खोलेकी श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका दुई हजार ८० जनाभन्दा बढी ग्राहकले घातक रोग बीमावापत रु. ३ करोड, दुर्घटना बीमावापत रु. १ करोड ३० लाख र मेडिकल बीमावापत रु. ३ करोड ६७ लाख गरी कुल रु. ७ करोड ९८ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

देशको दुरदराजका लाखौं ग्राहकमाझ सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रु. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रु. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा)सम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा समावेश छन् ।

साथै यस बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जासम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवा ग्राहक एवं निजले मनोनित गरेका अन्य तीन व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्णरुपमा निःशुल्क हुने व्यवस्था गरेको जनाएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्